
माघ १ गतेबाट टिचिंग अस्पतालमा स्वास्थ्य बीमाका सबै सेवाहरु बन्द हुने



काठमाडौं । टिचिंग हस्पिटल (त्रिवि शिक्षण अस्पताल) ले स्वास्थ्य बीमाको सेवा रोक्ने भएको छ । अस्पतालले यही आउँने माघ १ बाट नै सेवा रोक्किने जनाएको हो ।
सोही विषयलाई लक्षित गर्दै अस्पताल प्रशासनबाट सूचना समेत जारी भएको छ । स्वास्थ्य बीमाको दाबी रकम नपाएको बताउँदै अस्पतालले स्वास्थ्य बीमाका सम्पूर्ण सेवाहरु रोक्ने भएको छ ।
अहिले स्वास्थ्य बीमाको दाबी रकम झन्डै ४० करोड रुपैयाँ भुक्तानी हुन बाँकी रहेको बताइएको छ । सरकारले नै सुरु गरेको आयोजनामा सरकारी अस्पतालले नै भुक्तानी नपाएको खबरले अहिले स्वास्थ्य बीमा कतिसम्म सफल कतिसम्म असफल भन्नेसम्मका प्रश्नहरु उठिरहेका छन् ।

