
छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?



काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको करिब २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ । लघुवित्तको १ लाख ७० हजार ८४७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
जसमध्ये संस्थापक सेयरधनी एसजी सेक्यूरिटिज प्रा.लि को नाममा रहेको ६४ हजार ३०६ कित्ता र शिवाङ्गी इन्भेष्टमेण्ट प्रा.लि को नाममा रहेको ६४ हजार ३०६ कित्ता र विनिता अधिकारीको नाममा रहेको ४२ हजार २३५ कित्ता सेयर रहेको छ । यीमध्ये कम्पनीहरूको नाममा रहेको १ लाख २८ हजा ६१२ कित्ता सेयरको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम ३९५ रुपैयाँ रहेको छ भने ४२ हजार २३५ कित्ता सेयरको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम ४१० रुपैयाँ रहेको छ । हाल कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै किन्न पाउने गरि बिक्रीमा राखिएको हो ।
इच्छुक सेयरधनीले आवश्यक कागजात सहित काठमाडौंको मध्यबानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आफूले किन्न चाहेको सेयर संख्या र सोको मूल्य समेत खुलाएर निवेदन दिनु पर्नेछ । तोकिएको समयावधिभित्र कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन नपरेको खण्डमा उक्त सेयर सर्वसाधारणलाई बिक्री गर्नका लागि प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ ।

