

राष्ट्र बैंकले ठूला १० बैंकको लेखापरीक्षण गर्न बंगलादेशी कम्पनीसँग सम्झौता गर्ने




काठमाडौं । नेपाल राष्ट्र बैंकले यसै साता बंगलादेशी कम्पनीसँग सहकार्य गर्ने भएको छ । त्यसरी ठूला १० वाणिज्य बैंकको सम्पत्ति गुणस्तर परीक्षण गर्नका लागि छनोट भएको बंगलादेशको कम्पनीसँग उक्त सम्झौता हुने भएको हो।
यता, राष्ट्र बैंकले बंगलादेशको होलादार युनुस एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्सँग यसै साता सम्झौता गर्ने तयारी गरेको बेलामा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३८९२० बमोजिम प्राविधिक र वित्तीय प्रस्ताव मूल्यांकनका आधारमा होलादार युनुस एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्स छनोट भएको भन्दै बुधबार आशयपत्रको सूचना निकालेको अवस्था छ।
त्यस्तै, कम्पनीसँग वाणिज्य बैंकको सम्पत्ति गुणस्तर परीक्षणका लागि ४ करोड ३७ लाख ४५ हजार रुपैयाँमा सम्झौता हुने राष्ट्र बैंकले जनाएको हो ।