

नाइमा मोविलीटि अटो सोमा एभरेष्ट बैंकले गाडी कर्जामा सहुलियत दिँदै




काठमाडौं । राजधानीको प्रांगण भृकुटीमण्डपमा हिजोदेखि नाइमा अटोसो २०२५ धुमधामका साथ संचालन भइरहेको छ । त्यस्तो मेलामा हामीले अन्य विषयमा भन्दा पनि एभरेष्ट बैंकको गाडी कर्जाको बारेमा केही सोधखोज गर्यौं । प्राप्त प्रतिक्रीयालाई आधारमान्दा बैंकले ग्राहकमैत्री योजना संचालन गरिरहेको छ । त्यो पनि यही अटो सोलाई लक्षित गरेर ।
यस्तो छ एभरेष्ट बैंकको गाडी कर्जा ।
व्यक्ती तथा व्यापारिक संस्थाको व्यक्तिगत तथा निजी प्रयोजनका लागि कार, भ्यान, जिप, मल्टी यूटीलिटी भेइकल, स्पोर्ट यूटीलिटी भेइकल खरिदमा त्यस्तो सुविधा प्रदान हुने बैंकले जनाएको छ ।
नाइमाको ठूलो स्पोन्सरको रुपमा चर्चा कमाएको र नेपाली बैंकहरुबाट एक्लै त्यस्तो मेलाको समर्थनमा उत्रिएको एभरेष्टका अन्य गाइडलाइनहरु यस्ता छन् ।
ऋणी, निजको श्रीमान् र श्रीमती वा एकाघर परिवारका सदस्यको कुल आम्दानी , स्वरोजगार तलबी व्यवसायिक तथा अन्य आम्दानी को हुन आउने रकम मासिक किस्ता रकमको कम्तिमा पनि दुई गुणा हुनुपर्ने छ । साथै, त्यस्ता ऋणीको उमेर हद भने ६५ वर्ष ननाघेको हुनुपर्ने बैंकले जनाएको छ ।
कर्जाको सिमाको लागि आवश्यकता अनुसार नेपाल राष्ट्र बैंकको नियमको अधीनमा रही खुद आम्दानीको ३० गुणा वा कर्जा रकम मध्ये जनु कम हुन्छ ।
मार्जिन
प्राकृतिक व्यक्तिको निजी प्रयोजनको हकमा गाडी खदिर मूल्यको कम्तिमा ४० प्रतिशतसम्म ।
विद्युतिय सवारी साधनको हकमा गाडी खरिदको मूल्यको कम्तिमा ४० प्रतिशतसम्म भनिएको छ भने त्यस्तो मार्जिन नेपाल राष्ट्र बैंकको नियमनको अधिनमा रही कायम हुने जनाइएको छ ।
ब्याजदर
व्याजदर भने प्रतिस्पर्धी व्याजर हुने बताइएको छ ।
भुक्तानी
बढीमा ७ वर्ष तोकिएको छ ।
सुरक्षण
सम्बन्धित सवारी साधन बैंकको नाममा दर्ता गर्नु पर्ने प्रावधान छ । बैंकलाई मान्य हुने व्यक्तीको व्यक्तिगत जमानी आवश्यक हुने तथा बैंकको नियम अनुसार तेस्रो पक्ष सहितको व्यापक बीमा समावेश हुने व्यवस्था छ ।
बीमा
बैंकको नियम अनुसार तेस्रो पक्ष सहितको व्यापक बीमा समावेश हुनेछ ।
यस्ता छन् आवश्य काजगातहरु
सम्पत्ती सम्बन्धि
तलबको सर्टिफिकेट र तलबको खाताको बैंक स्टेटमेन्ट, पेन्सन पट्टाको किताब र पेन्सन खाताको बैंक स्टेटमेन्ट, घर भाडाको सहमति पत्र चाहिने ।
फर्मको रजिष्टेशन र प्यान र भ्याट सर्टिफिकेट ।
कर चुक्ताको प्रमाण पत्र ।
व्यक्ती वा फर्मको नाममा कुनै पनि बैंकमा रहेको खाताको विगत कम्तीमा ६ महिना अगाडि देखिएको बैंक स्टेटमेन्ट ।
आर्थिक कारोबारको विवरणहरु वासतात र नाफा नोक्सानका कागजहरु ।
त्यसरी नै २५ लाख र सो भन्दा माथिको गाडी कर्जा आवश्यक परेमा व्यक्तिगत प्यान सर्टिफिकेट ।
अन्य काजगातहरु
ऋणी र धनजमानि दिनेको नागरिकता, राष्ट्रिय परिचय पत्र ।
गाडीको कोटेशन ।
ऋणी र धनजमानि दिनेको फोटो ।
ऋणी र धनजमानि दिनेको बिगत ६ महिनाको बैंक खाताको विवरण ।
साथै, एभरेष्ट बैंकले आवश्यक ठानेको अन्य केही महत्वपूर्ण काजगत समेत माग्न सकिने नाइमा अटो सोमा बताइयो ।
मुख्य गरेर यही नाइमामा के छ ?
एभरेष्ट बैंकको टिसर्ट लगाएका एक कर्मचारीले बदलिदो बैंकका सूचकमा बाबदुत ७ वर्षसम्म वेस रेट १ दशमलव २५ काय हुने सुनाए ।
ती कर्मचारीले पाँच वर्षसम्मका लागि फिक्स रेट ७ दशमलव ४९ प्रतिशत तोकिने व्यवस्था गरिएको सुनाए ।
त्यसरी नै अन्य बेलामा ० दशमलव ७५ रहेको प्रोसेसिंग चार्ज नाइमामा जम्मा ५० प्रतिशत कायम गरिको समेत जानकारी दिएका छन् ।