
अप्पर लोहोरे खोलाको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडका दुई संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बेच्ने भएका छन् । बिन्दिया प्रधानाङ्ग र सरला देवी प्रधानाङ्गले आफ्नो स्वामित्वमा रहेको सेयर बेच्ने भएका हुन् ।
कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई दिएको जानकारीअनुसार आधारभूत सेयरधनी बिन्दिया प्रधानाङ्गले १ लाख र सरला देवी प्रधानाङ्गले १ लाख कित्ता सेयर बिक्री गर्न लागेका हुन् ।कम्पनीका अनुसार दुवै सेयरधनीले आगामी तीन महिनाभित्र सेयर बिक्री गर्ने मनसायसहितको निवेदन दिएका छन् । उक्त निवेदन कम्पनीमा असोज ३० गते प्राप्त भएको हो ।



