
युनाइटेड अजोड इन्स्योरेन्स एनपीएल विराटनगर किंग्सको आधिकारिक बीमा साझेदार
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल) को टोली विराटनगर किंग्सको आधिकारिक बीमा साझेदार रहेको छ। यस साझेदारीमार्फत कम्पनीले नेपाली क्रिकेटको प्रवर्द्धन तथा खेलकुद क्षेत्रको विकासमा योगदान पुर्याउँदै खेलकुद क्षेत्रसँगको संस्थागत सहकार्य र प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ।


