
स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा, नगद र बोनस कति ?
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
बैंको कात्तिक ९ गते बसेको सञ्चालक समतिको बैठकले गत आवको नाफाबाट सेयरधनीहरुलाई १६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । प्रस्तावअनुसार सेयरधनीले प्रतिकित्ता १६ रुपैयाँ नगद लाभांश पाउनेछन् । यसमा करसमेत समावेश छ ।
बैंकले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण पनि सञ्चालक समितिबाट स्वीकृत गरेको जनाएको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीलाई वितरण गरिनेछ ।



