
थ्रीस्टार हाइड्रोपावरको कम्पनी सचिवमा अधिकारी नियुक्त
थ्रीस्टार हाइड्रोपवार लिमिटेडको कम्पनी सचिवमा संदीप अधिकारी नियुक्त भएका छन् । कम्पनीको असोज १६ गते बसेको सञ्चालक समितिको बैंकले अधिकारीलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।
अधिकारी कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत हुन् । उनलाई असोज १६ गतेदेखि नै लागू हुने गरि कम्पनी सचिवमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।


