
राष्ट्र बैंकले ३० करोड थान दुई रुपैयाँका सिक्का छाप्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान (३०० मिलियन) चलनचल्तीका सिक्का डिजाइन, छपाई (मिन्टिङ) तथा ढुवानीका लागि अन्तर्राष्ट्रिय बोलपत्र (ग्लोबल टेन्डर) आह्वान गरेको छ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले एक सूचना जारी गर्दै यसअघि सूचीकृत (पूर्व–योग्य / Pre-qualified) भएका अन्तर्राष्ट्रिय सेक्युरिटी मिन्टिङ कम्पनीहरूबाट शिलबन्दी बोलपत्र माग गरेको हो। राष्ट्र बैंकले यस प्रक्रियाका लागि ‘एकल चरण, दुई खाम’ (Single Stage Two Envelope) विधि अपनाएको छ, जसमा प्राविधिक र आर्थिक प्रस्ताव छुट्टाछुट्टै खाममा पेस गर्नुपर्नेछ।


