
एक्सनमा उत्रियो राष्ट्र बैंक,एकसाथ १५ बैंक-वित्तीय संस्थाका सीईओलाई कारवाही



काठमाडौं । नेपाल राष्ट्र बैंकले एक साथ १५ बैंक, वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुलाई कारबाही गरेको छ । सो कारबाही कर्जा दुरुपयोग गरेको आरोपमा गरिएको हो।
यता नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सूचना अनुसार विकास बैंक र फाइनान्स कम्पनीले कालोसूचिमा परेका व्यक्तिलाई कर्जा दिएको देखि लिएर कर्जा दुरुपयोग समेत गरेको भेटिएपछि त्यसमा छानविन गरिएको थियो।
कारवाही भोग्नेमा लुम्बीनी विकास बैंक,महालक्ष्मी विकास बैंक,कामना सेवा विकास बैंक,मुक्तीनाथ विकास बैंक,सालपा विकास बैंक, गरिमा विकास बैंक सप्तकोशी डेभलपमेण्ट बैंक रहेका छन्।
त्यस्तै, फाइनान्स कम्पनीतर्फ भने समृद्धि फाइनान्स, पोखरा फाइनान्स,प्रोग्रेसिभ फाइनान्स,आइ.सि.एफ.सि. फाइनान्स,जानकी फाइनान्स कम्पनी,सेन्ट्रल फाइनान्स रिलायन्स फाइनान्स र गुडविल फाइनान्स कारवाहीमा परेका हुन् ।

