
भारतीय ब्राण्डका मल, खादका बोरामा बीमाको प्रचार
काठमाडौं । भारतीय ब्राण्डका मल, खादका बोरामा बीमाको प्रचार प्रचार प्रसारलाई उजागर गर्न खोजीएको भेटिएको छ । मुख्यतय कृषि कर्ममा लागेका कृषकहरुले बीमाको अपरिहार्यता बुझुन् उनीहरुले सोबाट पाउने लाभ समेत हात पारुन भन्ने उदेश्यले त्यस्तो प्रचार गरिएको हो ।
कृषकको समस्या, उत्पदानको कि लागतको आधारमा बीमा :
नेपाली बीमा क्षेत्रमा कृषि क्षेत्रमा पनि धेरै किसिमका जाखिमहरु विद्यमान छन् । त्यस्तो अवस्थामा उनीहरुले कति बीमाशुल्क तिर्ने र बीमाले उनीहरुलाई कति लाभ दिने भन्ने विषय पनि एक किसिमले स्पष्ट नभएको पाइन्छ । यो विषय भने नेपालमा कायम रहेको विषय हो । त्यस्तो हुनुको पछाडी बीमितहरुले बीमा गर्छन् र सो बीमाको लाभ पाए पनि आफ्नो क्षतीको अंश निकै उच्च हुने गर्छ । भनाईको मतलब मानौ कुनै पनि किसानले आफ्नो मकै बालीको बीमा गरे । अब सोही बेलामा जोखिम आएमा उनीहरुले बिउको रकम मात्र हात पार्दा न्यायोचित देखिन्छ । तर, यदी किसानहरुले मकैको बीमा गरेको उनीहरुको क्षती बाली भित्र्याउने बेलामा पनि हुनसक्छ । अन्तिम अवस्थामा हुने क्षतीमा उनीहरुले सुरुमा बुझाएको बीमाशुल्कले जोखिमको रकम धान्दैन । यसको मतलब बिउको बीमा गर्दा क्षती पनि उत्पादन भएको अन्नबालीमा समेत हुने गर्छ ।
नेपाली बीमा बजारम यस्ता बीमा चेतनाका विभिन्न विषयहरु ओझेलमा नै रहेको बेलामा भारतीय ब्राण्डका केही मलखादका बोरामा भने बीमाको नारालाई जोडतोडका साथ उठाइएको पाइन्छ । आशा गरौ त्यस्तो सकारात्मक प्रचारले छिमेकी मुलुक भारतमा मात्र नभई नेपाली बीमा बजारमा समेत केही सकारात्मक प्रभाव पारोस् ।


