
सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो दिन बढेको सुनचाँदीको मूल्य आज घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ हजार १०० रुपैयाँ र चाँदीको मूल्य ४० रुपैयाँले घटेको हो । आज सुनको मूल्य तोलाको ३ लाख १ हजार १०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको ३ लाख २ हजार २०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य ४० रुपैयाँले घटेर तोलाको ४ हजार ६२० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ६६० रुपैयाँ रहेको थियो ।

