
शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
बैंकले चुक्ता पुँजीको १६ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा ६ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश घोषणा गरेको हो । यसअनुसार बैंकले ३० करोड १३ लाख १८ हजार ३६३ रुपैयाँ बराबरको बोनस सेयर र नगद बापत ५० करोड २१ लाख ९७ हजार २७२ रुपैयाँ वितरण गर्नेछ । नगद लाभांशमा कर समेत समावेश रहेको छ ।


