
ईङवा खोला साना जलविद्युत आयोजनाबाट विद्युत् उत्पादन पुनः शुरु

काठमाडौं । ईङ्वा हाइड्रोपावर लिमिटेडले निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गर्दै आएको ईङवा खोला साना जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन पुनः शुरु भएको छ ।
९ दशमलव ७ मेगवाट क्षमताको उक्त आयोजना गत जेठ ९ गते दिउँसोको अविरल वर्षासँगै आएको बाढी र पहिरोको कारण आयोजनाको इन्टेक, पाइपलाइन, पावरहाउस, ट्रान्समिसन लाइनलगायतका विभिन्न संरचनामा ठूलो क्षति पुगेको थियो ।
क्षति पुगेसँगै बन्द रहेको आयोजनाबाट भदौ २३ गते साँझदेखि विद्युत् उत्पादन पुनः शुरु भएको हो । कम्पनीका अनुसार युनिट १ बाट गत साउन २१ गतेदेखि र युनिट २ बाट भदौ २३ गतेदेखि विद्युत् उत्पादन पुनः शुरु भएको हो ।

