
हुलास फिनसर्भ हायर पर्चेजको विशेष साधारणसभा आह्वान, के-के छन् मुख्य एजेण्डा ?

काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असोज ७ गतेका लागि विशेष साधारणसभा गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट हायर पर्चेज सम्बन्धी कार्य गर्न इजाजतपत्र प्राप्त संस्थाको विशेष साधारणसभा असोज ७ गते दरबार मार्गमा रहेको होटल याक एण्ड यतिमा दिउसो ३ बजेदेखि सुरु हुने छ । सभाले सामान्य प्रस्तावका रुपमा स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने सम्बन्धी प्रस्ताव माथि छलफल गरि पारित गर्ने छ ।
त्यस्तै विशेष प्रस्तावका रुपमा कम्पनी ऐन, २०६३ को दफा १०५ (१) (ख) बमोजिम चुक्ता पुँजी र सञ्चित मुनाफाको जम्मा रकम भन्दा बढी भएको कर्जा अनुमोदन गर्ने, कम्पनी ऐन, २०६३ को दफा १०५ (१) (ख) को अनुपालनाको लागि कर्जा सिमा वृद्धि गर्ने, कम्पनीको पुँजी वृद्धिको लागि प्रबन्धपत्रको दफा ६ को (क), (ख), (ग) र (घ) मा संसोधन गर्ने र कम्पनीको नियमावलीको नियम ३५ र ३६ मा संसोधन गर्ने प्रस्ताव माथि छलफल गरि पारित गर्ने छ ।
त्यस्तै कम्पनी ऐन, २०६३ को दफा १०५ (१) (ग) बमोजिमको सीमा भन्दा बढी रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको साहयता रकमलाई अनुमोदन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा नियमानुसार संशोधन गर्ने क्रममा सम्बन्धित नियमनकारी वा नियामक निकाय कार्यालयले कुनै फेरबदल संशोधन पारिमार्जन गर्न वा मिलाउन कुनै सुझाव वा निर्देशन दिएमा सोही अनुसार आवश्यक फेरबदल गर्न कम्पनीको सञ्चालक समितिलाई पूर्ण अधिकारप्रदान गर्ने प्रस्ताव पारित गर्ने छ ।

