
को हुन् १० दिनपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट उद्धार गरिएका दुई व्यक्ति ?

काठमाडौं । भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जना कर्मचारीको आज जीवितै उद्धार गरिएको छ । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार उद्धार गरिएका व्यक्तिमा सञ्जय साह र कवीर महर्जन हुन् ।
साह नेपाल विद्युत प्राधिकरणका चौथो तहका कर्मचारी हुन् । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना मर्मत कार्य भइरहेको थियो । साह पनि त्यसैका लागि गएको हुनसक्ने बताइएको छ ।
त्यस्तै, महर्जन त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाका सुपरभाइजर हुन् । सेनाको नेतृत्वमा खटिएको टोलीले १० दिनपछि उनीहरुलाई शुक्रबार बिहान जीवितै उद्धार गरेको हो ।

