
आइएमई लाइफको पौने ५ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको पौने ५ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ । कम्पनीको संस्थापक समूहको ४ लाख ७५ हजार ३३४ कित्ता सेयर बिक्रीमा राखिएको हो ।
हाललाई यो सेयरमा कम्पनीका संस्थापक सेयरधनीहरुले मात्र खरिदका लागि निवेदन दिन सक्नेछन् । निवेदन दिन ३५ दिनको समय दिइएको छ । यो अवधिभित्र इच्छुक संस्थापक सेयरधनीले कम्पनीको काठमाडौंको लैनचौरस्थित कर्पोरेट कार्यालयमा निवेदन दिन सक्नेछन् ।
तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन परेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

