
आईसीएफसी फाइनान्सको साधारणसभा असोज १३ गते

काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको भदौ १८ गते बसेको सञ्चालक समितिको बेठकले असोज १३ गतेका लागि २३ औँ वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो ।
उक्त सभा काठमाडौंको बौद्धमा रहेको बौद्ध हेरिटेजमा बिहाना १० बजेदेखि सुरु हुने छ । सभामा सामान्य प्रस्तावका रुपमा आर्थिक वर्ष २०८२/८३ को संचालक समितिको बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने एजेण्डा रहेको छ । त्यस्तै लेखापरीक्षकको प्रतिवेदन सहितको २०८३ असार मसान्तसम्मको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०८२/८३ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण उपर छलफल गरी स्वीकृत गर्ने प्रस्ताव माथि छफलफ गरि पारित गर्ने छ ।
त्यस्तै संचालक समितिबाट प्रस्ताव गरे बमोजिम कम्पनीको चुक्ता पूँजीको १०.५२६३ प्रतिशतका दरले हुने नगद लाभांश रु. १२,४५,७५,७०३.६६ (अक्षरुपी बाह्र करोड पैंतालीस लाख पचहत्तर हजार सात सय तीन र छैसट्ठी पैसा मात्र ) ( नगद लाभांशको कर प्रयोजनको लागि समेत ) वितरण गर्न स्वीकृत गर्ने र लेखापरीक्षण समितिको सिफारीस बमोजिम आ.व. २०८३/८४ को लागि बाह्य लेखा परीक्षक नियुक्त तथा निजको पारिश्रमिक निर्धारण गर्ने (कम्पनी ऐन, २०६३ को दफा १११ (३) बमोजिम बहालवाला लेखापरीक्षक श्री एस. ए. आर. एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्टस पुनः नियूक्ति हुन योग्य हुनुहुन्छ ।)
विशेष प्रस्तावका रुपमा सञ्चालकको सेवा सुविधा थप गर्ने र सो अनुरुप संस्थाको नियमावलीको दफा २९ (ख) मा संशोधन गर्ने बारे र कम्पनीको नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै फेरबदल सुझाव भएमा सो अनुसार आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्ने एजेण्डा रहेका छन् ।

