
अदालतले भन्यो : दुर्गा प्रसाईंलाई छाड्देउ

काठमाडौं । हिजो बेलुकी मात्रै पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई छाड्न अदालतले आदेश जारी गरेको छ। सरकारसँग जोडिएका विविध विषयमा आफूसँग प्रमाण रहेको भन्दै उनले भीडीयो सन्देश प्रशारण गरेका थिए ।
उनलाई जिल्ला अदालत भक्तपुरले म्याद नथप्नु भन्ने आदेश दिएकोछ भने, हिजो सरकारलाई शक्ती छ भने पक्रेर देखाउ भन्दा प्रसाईं हिजै राति उनी पक्राउ परे ।
अहिले प्रसाईंलाई साइबर अपराधको कसुरदेखी राज्यविरुद्धको कसुर लगायत शान्ती सुरक्षा भड्काएको लगायतका तीन कसुरमा समातिएको थियो ।
उनलाई ७ दिनको म्याद थप्ने प्रक्रिया अघि सारिएको बेलामा अदातले छाड्न आदेश दिएको हो ।
हिजो मात्रै उनले प्रधामन्त्री समेत रहेका बालेन शाह, गृहमन्त्री लगायतलाई आमाको दुध पिएको भए पक्रन र थुन्न खुला चेतावनी दिएका छन् ।
हिन्दु राज्य कायम गरेरै छाड्ने र आफ्ना एजेण्डामा ज्यानैसम्म दिन लगायतका अभिव्यीहरु पछिल्लो समय उनै प्रसाईंले दिन थालेका छन् ।
तराईमा घटेको पछिल्लो धार्मिक युद्धमा समेत निकै गहिरो, ओझपूर्ण र खोजपूर्ण अभिव्यक्ती खुलम खुला दिएको अवस्था छ ।

