
बीमकहरु बीमा क्षेत्रको लगानी स्वदेश बाहिर बिस्तार गर्न इच्छुक
काठमाडौं । पछिल्लो समय बीमा कम्पनीहरुले आफ्नो लगानी बिस्तार गर्न चासो देखाएका छन् । उनीहरुले त्यस्तो लगानी सुरक्षित रुपमा नै सन्तुलन गर्नु पर्ने बाध्यता भएको भन्दै त्यसलाई स्वदेशमा भन्दा पनि कतिपय बाहिरी देशमा लगानीको बाटो खोल्न इच्छुक रहेको पाइएको हो ।
यता बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले समेत आफूहरुले बीमा कम्पनीहरुको लगानीलाई क्षेत्रगत रुपमा दायरा बिस्तार गर्ने कुरामा जोड दिँदै आएको स्वीकार गरेको छ । यस्तो बेलामा बीमा कम्पनीहरुले पुरातन शैलीमा बैंकहरुका मुद्धती निक्षेपमा मात्र एक पक्षिय रुपले निर्भर हुन नहुने आवाज यस अघि पनि उठेको थियो ।
तर, अहिले भने बीमा कम्पनीहरुले आफ्नो लगानीलाई स्वदेश बाहिर समेत बिस्तार गर्न इच्छुक हुनुको पछाडी केही खास कारणहरुलाई आधार मान्न सकिन्छ ।
पहिलो बीमा कम्पनीहरुले विगतको जस्तै बैंकको (एफ डी) मुद्धती निक्षेपमा निर्भर हुँदा उनीहरुले पाउँने व्याज आम्दानी खस्केको छ । जब की कुनै पनि कम्पनीले आफ्नो लगानीकर्तालाई प्रदान गर्ने लाभांशको अंश, थोरै भए पनि बढोस् भन्ने लगानीकर्ताको अपेक्षा छ ।
अर्को भनेको स्वदेशमा लगानी गर्दा कम्पनीहरुले ठूला र सफल कम्पनीहरुमा लगानी गर्नुको विकल्प छैन । मानौ उनीहरुले कुनै पनि घाटामा जान लागेको संस्थामा लगानी गरे पनि उनीहरुले फेरी आफ्नो दायित्व भार तिर्न बाँकी नै रहेको कुरा बिर्सन हुँदैन ।
बीमा दर्पण डटकम : मिरोर अफ इन्स्योरेन्स
अझ उनीरुले आफ्नो जोखिमको पूनर्बीमा गरेका हुन्छन् नि ? भन्ने कुराले अन्तिम भरोसा र सदैव पूर्ण व्याकअप धान्न सक्छ भन्ने हुँदैन । किनभने, बीमा कम्पनीहरुले पनि आफ्नो रिसोर्सका लागि नयाँ दक्ष जनशक्ती, बजार मैत्री योजनाहरु, जोखिमांकनका आधारदेखि त्यस्ता आधारका समेत भावि नतिजालाई त्यही रिर्टनबाट खर्च धान्नु पर्ने हुन्छ । भनाईको मतलब बीमा कम्पनीहरुको पूनर्बीमा भनेको कुनै पनि वा सबै प्रकारका र सम्पूर्ण जोखिमका पूराका पूरा लागत धान्ने पूनर्बीमा हुँदैनन् । ठूला कम्पनीको हकमा पनि पूनर्बीमा स्वयमले समेत कतिपय बुँदाहरु अघि सार्ने गरेको जग जाहेर नै छ ।
यसैगरी बीमा कम्पनीहरुले विदेशी राष्ट्रहरुमा लगानी गर्न रुचाएको पछिल्लो अवस्थामा विदेशी देशले हामीलाई गरेको विश्वास भन्दा स्वदेशी कम्पनीले विदेशी कम्पनीलाई गर्ने विश्वास एकाएक हावी भएको समेत अनुमान गर्न सकिन्छ । कारण, बीमा मात्रै एउटा यस्तो व्यवसाय हो जहाँ विश्वास माथि विश्वास आर्जनको विकल्प छैन ।
यता नेपाली बीमा बजारमा बीमा कम्पनीहरुको चुक्ता पुँजी, भुक्तानी शैली, बजार पहुँच विगतको तुलनामा सुधारको गतिमा भए पनि अझै केही विषयले बीमा बजारलाई ह्वात्तै उक्कासिन भने रोकेकै अवस्था छ । यसमा बढ्दो नेपाली प्राकृतिक विपत्ती, पूनर्बीमा कम्पनी र कतिपय बीमा कम्पनीहरुको केही प्रोडक्टमा देखिएको मध्यस्ततामा विगतको तुलनामा देखिएका ठूला जोखिमले अहिले बीमा गर्ने सामान्य ग्राहकलाई होइन की समग्र बीमाका संचलाकहरुले आफ्नो समग्र दायरा नै फराकिलो बनाएर नयाँ धारबाट सोच्ने बेला सिर्जना भएको देखिन्छ ।
बीमा दर्पण डटकम : मिरोर अफ इन्स्योरेन्स


