
कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई तत्कालका लागि जिम्मेवारीबाट हटाइयो
काठमाडौं । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्ट र सशस्त्र प्रहरी बल नेपाल ३४ गण कैलालीका एसपी खुमबहादुर केसी बीच विवाद उत्पन्न भएको थियो । हाल सोही विवाद सम्बन्धमा सार्वजनिक भएको विवरणहरु माथि थप बुझ्न पर्ने भएको भन्दै भन्सार विभागले कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई तत्कालका लागि जिम्मेवारीबाट हटाएर त्रिपुरेश्वरस्थित विभागमा हाजिर हुन पत्राचार गरेको हो।
सो जानकारी सरकारी स्रोतबाट प्राप्त भएको अवस्था छ ।


