
सभामुख डीपी अर्यालले भेटे विभिन्न राजनीतिक दलका नेताहरू

काठमाडौं । सभामुख डीपी अर्यालले विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गरेका छन् । उनले प्रधानमन्त्री बालेन्द्र शाह तथा नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापासँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन्।

यता, अर्यालले विपक्षी दलका नेता भिष्मराज आङदेम्बे तथा नेपाल कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनसँग मंगलबार छुट्टाछुट्टै भेटवार्ता गर्न पुगे। सोही भेटवार्ताका क्रममा प्रतिनिधि सभाको बैठकलाई थप प्रभावकारी, मर्यादित र परिणाममुखी बनाउने विषयमा छलफल भएको थियो।

त्यसैगरी, मंगलबार नै सम्माननीय सभामुख अर्यालले विभिन्न दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग पनि छलफल गरेका छन्। छलफलमा प्रतिनिधि सभाको कार्य सञ्चालनलाई थप प्रभावकारी बनाउने तथा आगामी बैठकका कार्यसूचीलाई व्यवस्थित ढङ्गले अघि बढाउने विषयमा विचार आदानप्रदान भएको थियो।

