
दीपा श्री निरौलालाई ब्रेन ट्युमर, शल्यक्रिया सम्पन्न

काठमाडौं । नायिका दीपा श्री निरौलालाई ब्रेन ट्युमर भएको छ । उनको सोही ट्युमरको शल्यक्रिया समेत सम्पन्न भएको हो ।
कलाकार दिपक राज गिरीले सोही घटनालाई सम्बोधन गर्दै आफ्नो फेसबुक वालमा केही शब्द कोरेका छन् ।
उनले लेखेका छन् :
यो साता हाम्रो लागि निक्कै चुनौतीपूर्ण र कठिन समय रह्यो
सुटिगंको बिचमा दीपाजी लाइ ब्रेन ट्यूमर भएको पत्ता लाग्यो त्यसपछि हामि अन्यौलमा पर्यौ , तुरून्त शल्यक्रिया गर्नु पर्ने भयो धेरै ठॅाउबाट भारत जाने सल्लाह पाइयो ,
तर अन्त्यमा नेपालकै अनुभबी डाक्टर बसन्त पन्त द्दारा शल्यक्रिया गर्ने निर्णय भयो
भगवानको आशीर्बादले शल्यक्रिया सफलतापूर्बक सम्पन्न भयो ,हाल उहॅा आइसियू बाट जनरल वार्डमा आएर स्वास्थ्यलाभ गर्दै हुनुहुन्छ , आशीर्बाद दिने दर्शक तथा शुभचिन्तकहरू , उपचारमा संगलग्न सम्पूर्ण स्वास्थ्यकर्मी हरूलाइ धन्याबाद जय पशुपतिनाथ


