
सरकारले सार्वजनिक व्यक्तीहरुको सम्पत्ती छानविन सुरु गर्दा सर्वोच्चको रोक

काठमाडौं । सरकाले पछिल्लो समय सरकारी पद धारण गरेका उच्च पदस्थ व्यक्तीहरुको धमाधम छानविन सुरु गरेको अवस्था छ । त्यसरी गरिएको छानविनमा पूर्व न्याधाधिसदेखी सेना प्रमुखहरुको समेत सम्पत्ती विवरण हेर्ने सरकारको तयारी थियो ।
अहिले त्यस्तो कदममा सार्वोच्च अदालतले रोक लगाएको छ । आज मात्रै आदेश जारी गर्दै सर्वोच्चले पूर्व न्यायाधीश र पूर्व सैनिक अधिकारीको सम्पत्ति विवरण बुझाउन बाध्य नपार्नू भनेको छ ।
यता, न्यायाधीश टेकप्रसाद ढुंगाना तथा श्रीकान्त पौडेलका इजलासबाट कसैलाई पनि सम्पत्ति विवरण बुझाउन बाध्य पार्न नहुने अन्तरिम आदेश जारी भएको खबर छ ।
सरकारले अघि बढाइरहेको सोही काम काराबाहीमा अधिकांश भीआईपीहरुले दौडधुप गरेर कतिपय विवरणहरु बुझाउँने र संकलन गर्ने लगायतका काम गरि रहेका थिए । ठिक यस्तै बेलामा सर्वोच्चले त्यस्ता कार्यमा रोक लगाउन आदेश जारी गरेको हो ।

