
घट्यो सुन-चाँदीको मूल्य

नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ।
सुन तोलामा १०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छ । हिजो प्रतितोला सुन २ लाख ९७ हजार ३ रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार ९४५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो।

