
सुनछाप पहिरो नियन्त्रणका लागि एकीकृत योजना अघि बढाइने
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ मा सुनछाप पहिरोबाट प्रभावित स्थानीयका समस्या र क्षतिबारे जानकारी लिएका छन् ।
लामो समयदेखि समस्या बनेको सुनछाप पहिरोबाट गत असोजमा थप क्षति भएपछि त्यस क्षेत्रको आवागमन, सडक यातायात र सिँचाइ सेवा प्रभावित भएको छ । मन्त्री श्रेष्ठले स्थानीयवासीसँग छलफल गरी पहिरोका कारण उत्पन्न जोखिम र समस्या समाधानमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका उनको निजी सचिवालयले जनाएको छ ।
मन्त्री श्रेष्ठले पहिरो नियन्त्रणका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, पूर्वाधार मन्त्रालय, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश सरकार र स्थानीय तहबीच समन्वय गरी एकीकृत योजना अघि बढाउने प्रयास थालिएको जानकारी पनि दिए ।
साथै, उनले पर्वतका प्रतिनिधिसभा सदस्य सागर भुसालले सुनछाप पहिरो नियन्त्रणको आवश्यकता औँल्याउँदै यसको दिगो समाधानका लागि सरकारको ध्यानाकर्षण गराए ।


