
सुनको मूल्य १२०० ले घट्यो, तोलाको कति ?



काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको १ हजार २०० रुपैयाँ र चाँदीको मूल्य १० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदीको मूल्य व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ लाख ९७ हजार ३०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९८ हजार ५०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर ४ हजार ९८० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।


