
सेबोनले संस्थागत लगानीकर्ताको आकर्षण बढाउनु पर्नेमा अर्थमन्त्री वाग्लेको जोड

काठमाडौं । अर्थमन्त्री डा. स्वीणिम वाग्लेले नेपाल धितोपत्र बोर्ड सेबोनले संस्थागत लगानीकर्ताको आकर्षण बढाउनु पर्नेमा जोड दिएका छन्। उनले बोर्डको ३४ औँ वार्षिकोत्वको अवसर पारे त्यस्तो शुभकामना दिएका हुन् ।
यता, अर्थमन्त्रीको शुभकामना सन्देशमा लेखिए अनुसार, ‘पुँजी बजारलाई सुरिक्षित, प्रस्तिपर्धी र अन्तराष्ट्रिय मापदण्ड अनुरुपको बनाउँदै व्यक्तिगत एवं संस्थागत लगानीकर्ताको आकर्षण बढाउनु आवश्यक छ । यसका लाग सेवोनले आफ्नो संस्थागत नियमन र सुपरीवेक्षणमार्फत प्रणालीगत जोखिम घटाउने छ भन्ने विश्वास लिएको छ ।’


