
सुधन गुरुङमाथि लागेको आरोपमा सक्कियो छानबिन, समितिले प्रधानमन्त्रीका पठायो प्रतिवेदन

काठमाडौं । गम्भिर आरोप लागेर निलम्बनमा परेका तत्कालिन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङको आरोप माथि छानबिन सक्किएको छ । उनको अरोप बारे खोजी गर्न बनेको समितिले नै प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा पठाएको हो।
सोही बयान लिनुअघि समितिले तत्कालिन गृहमन्त्रीलाई लागेको आरोपमा खोजतलास सक्किएको जनाएको छ।
साथै, मन्त्रिपरिषद्को २८ वैशाखको बैठकबाट उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीलाई अध्यक्ष तोक्दै, यता महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य हुने गरी समिति बनाएको थियो ।
अहिले भने आवश्यक अध्ययन पूरा भएको जनाइएको छ । यससँगै तत्कालिन गृहमन्त्रीको पुनरागमन हुने वा के हुने हो भन्ने विषयलाई समेत निकै चासोका साथ हेरिएको छ ।

