
कुलमान भन्छन्-सुकुमवासीको उचित व्यवस्थापन जरुरी छ



काठमाडौं । उज्यालो नेपाल पार्टीको अध्यक्षता गरिरहेका कुलमान घिसिङले हाल सरकारले सुकुमवासीको बस्ती हटाएको विषयमा टिप्पणी गरेका छन् । उनले सोही विषय उठान गर्दै सरकारले व्यवस्थापनलाई समेत जोड दिनु पर्ने सुनाए ।
आज, पार्टी निकट युवा तथा विद्यार्थी विभागबाट आयोजित कार्यक्रममा बोल्दै सरकारले सुकुमवासीको विस्थापन गर्ने काम गरिरहेको र आफूले भने उल्दै बिजुली दिएर सघाएको स्मरण गराएका छन् ।
उनले हाल देशभरमा १० देखि १२ लाखको संख्यामा सुकुमवासीहरु बसोबास गरेको सुनाउँदै आफ्नो पालामा समेत बिजुली नदिनु भन्ने कठिनाईका साथ पूर्ण सहुलियतमा सहयोग गरेको सम्झाएका छन् ।
उनले रास्वपाको निलो क्रान्ति अब लामो समय नजाने भन्दै आफ्नो हरित क्रान्ति छाउने लगायतका टिप्पणी गरेका छन् । कार्यक्रममा उनले सुकुम्बासीलाई दु:ख दिएको सन्दर्भमा भने केही आक्रोश समेत पोखेका छन् ।


