
साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर मूल्य समायोजन



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साल्ट ट्रेडिङ कर्पोरेसनको ९.५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । मंगलबारको अन्तम कारोबार मूल्य ५९३९.९० रुपैयाँलाई आधार बनाएर भाउ समायोजन गरिएको हो ।
समायोजन पश्चात कम्पनीको सेयर मूल्य ५४२४.५७ कायम भएको छ । सोही भाउलाई आधार मानेर बुधबार कारोबार खुल्नेछ ।


