
युनाइटेड अजोड इन्स्योरेन्समा रोजगारीको अवसर, विभिन्न पदमा आवेदन खुला

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले विभिन्न विभागमा रिक्त रहेका पदहरूका लागि कर्मचारी भर्ना प्रक्रिया सुरु गरेको छ।
कम्पनीले मार्केटिङ, क्लेम तथा एग्रिकल्चर विभागअन्तर्गत विभिन्न पदका लागि इच्छुक तथा योग्य उम्मेदवारबाट आवेदन आह्वान गरेको हो। मार्केटिङ विभागमा ट्रेनी, जुनियर असिस्टेन्ट, असिस्टेन्ट, सिनियर असिस्टेन्ट, जुनियर अफिसर र अफिसर पदका लागि केही कर्मचारी नियुक्त गरिनेछ।
यस्तै, क्लेम विभागमा डेपुटी म्यानेजर वा म्यानेजर पदमा १ जना तथा जुनियर अफिसर वा अफिसर पदमा १ जना कर्मचारी आवश्यक रहेको कम्पनीले जनाएको छ। एग्रिकल्चर विभागमा भने एग्रिकल्चर हेड पदका लागि १ जना कर्मचारी नियुक्त गरिनेछ।
आवेदन दिन इच्छुक उम्मेदवारले आवेदनपत्र, बायोडाटा, नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यता तथा अनुभवका प्रमाणपत्र र पासपोर्ट साइजको फोटोसहित सूचना प्रकाशित भएको मिति (साउन १२) देखि १५ दिनभित्र आवेदन बुझाउनुपर्ने कम्पनीले जनाएको छ।

