
स्पेशल प्रि ओपन सेसनमा कतिमा कारोबार भयो कालिन्चोक हाइड्रोपावरको पहिलो कारोबार ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कालिन्चोक हाइड्रोपावर लिमिटेडको पहिलो कारोबार भएको छ । यस दिन कम्पनीको सेयर प्रतिकित्ता ३०० रुपैयाँमा पहिलो कारोबार भएको हो ।
कम्पनीले सर्वसाधारणमा वितरण गरेको १३ लाख ७५ हजार कित्ता र संस्थापकहरुले लगानी गरेको ४१ लाख २५ हजार कित्ता गरी कुल ५५ लाख कित्ता सेयर गत जेठ ८ गते, शुक्रबार नेप्सेमा सूचीकृत भएको थियो । यस अनुसार हिजो अर्थात जेठ ११ गते, सोमबारको स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुनु पर्ने थियो ।
तर, सो दिन कारोबार म्याचिङ्ग नभएका कारण पहिलो कारोबार हुन सकेन । फलस्वरुप पहिलो कारोबार आज भएको हो । नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो ।


