
उपकार लघुवित्तको नाफा बढ्यो, अधिकांश सूचकमा ग्रोथ



काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा बढेको हो ।
कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासिकसम्म २ करोड ८६ लाख रुपैयाँ रहकोमा चालू आवको सोही अवधिमा ७ प्रतिशतको वृद्धि सहित ३ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । समीक्षा अवधिमा खुद ब्याज आम्दानी समेत ११ करोड ६८ लाख रुपैयाँबाट २९.७१ प्रतिशतले बढेर १५ करोड १५ लाख रुपैयाँ नाघेको छ । त्यस्तै कुल सञ्चालन आम्दानी पनि १३ करोड ४८ लाख रुपैयाँबाट ३०.५१ प्रतिशतले बढेर १७ करोड ६० लाख रुपैयाँ नाघेको छ ।
आम्दानीमा वृद्धि भएसँगै सञ्चालन मुनाफा पनि ४ करोड ९ लाख रुपैयाँबाट ११.९० प्रतिशतले बढेर ४ करोड ५७ लाख रुपैयाँ पुगेको छ । यता वितरणयोग्य मुनाफा गत आवमा ३ करोड ८३ लाख रुपैयाँ ऋणात्मक रहेकोमा चालू आवमा घटेर २ करोड ५२ लाख रुपैयाँ ऋणात्मकमा कायम भएको छ । प्रतिसेयर आम्दानी ३५.९८ रुपैयाँबाट सामान्य बढेर ३८.५० रुपैयाँ कायम भएको छ भने खराब कर्जा ४.९४ प्रतिशतबाट बढेर १०.७४ प्रतिशत पुगेको छ । बेसरेट १२.४० प्रतिशत रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ २९८.२० रुपैयाँ कायम भएको छ ।
चुक्ता पूँजी १० करोड ६१ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २१ करोड ३ लाख रुपैयाँ सञ्चिति रहेको छ। चैत मसान्तसम्म आइपुग्दा कम्पनीले २ अर्ब ६३ करोड रुपैयाँ ग्राहकमा कर्जा परिचालन गरी १ अर्ब ५३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।


