
सशस्त्रका एआईजी वंशीराज दाहाल सेवाबाट हटाइए
काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाउने गरी विभागीय कारबाही गरेको छ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार दाहाललाई आचरणसम्बन्धी कुरा पटक–पटक उल्लंघन गरेको, अनुशासनहीन कार्य दोहोर्याएको तथा नेपाल सरकार वा आफू कार्यरत संगठनको मान, प्रतिष्ठा एवं छविमा आँच पुर्याउने कार्य गरेको कसुरमा सेवाबाट हटाउने निर्णय गरिएको हो।



