
तरलता व्यवस्थापनको चापमा राष्ट्र बैंक,२० अर्ब निक्षेप संकलन गर्दै



काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार पैसा खिचिरहेको छ।
निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट केन्द्रीय बैंकले पैसा खिचिरहेको हो। केन्द्रीय बैंकले आज वैशाख २३ गते फेरि निक्षेप संकलनबाट बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तान्ने भएको छ। बैंकिङ प्रणालीमा निरन्तर निक्षेप थुप्रियसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत निरन्तर नगद प्रशोचन गरिरहेको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आज दिउसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। क्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।
यो ४४ दिने निक्षेप संकलन उपकरणको आउँदो असार ५ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।


