
ग्लोबल आइएमई बैंकले कमायो ४ अर्ब बढी नाफा, इपीए कति ?



काठमाडौं । ग्लोबल आइएमई बैंकले ९ महिनामा झण्डै साढे ४ अर्ब नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्मको तथ्याङ अनु्सार यस्तो देखाएको हो ।
चालु आर्थिक वर्षको ९ महिनामा बैंकले ४ अर्ब ४० करोड ११ लाख ७८ हजार रुपैयाँ नाफा कमाएको हो । तर, उक्त नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा भने २.९३ प्रतिशतले कम हो । गत आर्थिक वर्षको ९ महिनामा बैंकले ४ अर्ब ५३ करोड ४० लााख रुपैयाँ नाफा कमाएको थियो ।
गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १२ अर्ब ३१ करोड ७१ लाख रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी घटेर ११ अर्ब ८८ करोड ४४ लाख रुपैयाँमा पुगेको छ । तेस्रो त्रैमाससम्मको अवधिमा बैंकको सञ्चालन नाफा ५ अर्ब ९० करोड ४६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा उक्त नाफा ६ अर्ब ३३ करोड रुपैयाँ रहेको थियो । यसअवधिमा बैंकको सञ्चालन नाफा ६.८२ प्रतिशतले घटेको हो ।
समिक्षा अवधिमा बैंकको चुक्तापूँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष सञ्चिति २४ अर्ब ४५ करोड रुपैयाँबाट बढेर २६ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५४ लाख रुपैयाँ रहेको छ । यता, बैंकको खराब कर्जाको आकार ४.९८ प्रतिशतबाट घटेर ४.९७ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १५.४० रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १७८.५३ रुपैयाँ रहेको छ ।


