
निर्माण व्यावसायी महासंघको अनुरोध व्यावसायीहरुको २० अर्ब असार मसान्तभित्रै भुक्तानी होस्
काठमाडौं । यही असार मसान्तसम्म २० अर्ब रुपैयाँ रकम भुक्तानी गर्न नेपाल निर्माण व्यावसायी महासंघले अनुरोध गरेको छ । महासंघले व्यावसायीहरुको २० अर्ब रुपैयाँ तुरुन्तै भुक्तानी हुनुपर्ने अवस्था रहेको औँल्याएको हो ।
आजै पत्रकार सम्मेलन मार्फत सो जानकारी दिइएको हो भने चालु आर्थिक वर्षभित्र रकम भुक्तान गर्न सरकारलाई समेत खबर गरिएको छ।
यता सरकार अल्पमतमा परेर भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले राजिनामा पत्र थम्याएको सिनारीयोमा निर्माण व्यवसायीहरु चिन्तित देखिएका छन् । पूर्वमन्त्री महासेठले सो रकम यही असार अन्तिमसम्म भुक्तानी हुने आश्वासन दिएका थिए।
यता महासंघका अध्यक्ष रवि सिंहले सरकारले भुक्तानी रोक्दा व्यवसायीहरु ठूलो मारमा परेको बताए। कार्यक्रममा व्यावसायीहरु चेपुवामा परेको बताउँदै उनले सरकारले भुक्तानी रोक्दा व्यावसायी माथि ठूलो प्रहार भएको, सम्पत्ति लिलाम हुने कठिन अवस्था सिर्जना भएको तथा विकास निर्माणका कामहरु पनि आर्थिक अभाव कारण गति लिन नसक्ने अवस्थामा पुगेको बताएका छन् ।
कार्यक्रममा अध्यक्ष सिंहले दिएको जानकारीलाई आधार मान्ने हो भने निर्माण व्यवसायीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका आयोजनाहरुको १३ अर्ब, सिंचाइ मन्त्रालय अन्तर्गतका आयोजनाको २।५ अर्ब तथा खानेपानी र अन्य मन्त्रालयको ४।५ अर्ब रुपैयाँ प्राप्त गर्न सकेका छैनन् ।


