
कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा



काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको ७ हजार ८८३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।
संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई नै दिनु पर्ने प्रावधान बमोजिम संस्थापक शेयरधनीका लागि शेयर बिक्रीमा राखिएको हो।
उक्त शेयर खरीद गर्न चाहने कुमारी बैंकका विद्यमान संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड (शेयर रजिष्ट्रार) वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ।
सो शेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ। साथै तोकिएको म्यादभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन नपरेमा संस्थापकभन्दा बाहिर शेयर बिक्रीको प्रक्रिया अघि बढाइने बैंकले स्पष्ट पारेको छ।


