
क्रेस्ट माइक्रो लाइफको नयाँ प्रोडक्ट ‘समृद्धि लघु जीवन बीमा योजना’ बजारमा
- Crest Micro Life
काठमाडौं । लघु बीमा कम्पनी क्रेस्ट माइक्रो लाईफ इन्स्योरेन्स लिमिटेडको ‘समृद्धि लघु जीवन बीमा योजना’ बजारमा आएको छ । गरिब तथा आर्थिक रुपमा कमजोर भएका नागरिकहरुले समेत सहजै सहभागीता जनाउन सक्ने किसिमले कम्पनीले आफ्नो नयाँ प्रोडक्ट समृद्धि लघु जीवन बीमा योजना सार्वजनिक गरेको हो ।
नागरिकको आर्थिक सुरक्षा र जोखिम सुरक्षणमा मद्धत गर्ने कम्पनीको बीमा योजनामा जम्मा १८ बर्षदेखि अधिकतम ६० बर्ष उमेरहदसम्मका नागरिकहरुले सहभागीता जनाउन सक्ने छन् । त्यस्तै, पाँच बर्षदेखि २० बर्ष सम्म तोकिएको बीमा अविधका लागि बीमांक रकम भने न्यूनतम १० हजार रुपैयाँ तोकिएको छ । कम बीमाशुल्क रकम, अधिकता बचत, सुरक्षित लगानी, करमा छुट जस्ता विशेषता भएको प्रोडक्टले नागरिकको जोखिम बहन गर्नेमा कम्पनी ढुक्क देखिन्छ ।
लघु बीमा कम्पनीहरुले शहरी क्षेत्रमाभन्दा पनि ग्रामिण क्षेत्रमा केन्द्रित भएर काम गर्नु पर्ने वैधता पाएका छन् । सोही प्रावधान अनुरुप उनीहरले ल्याएका प्रोडक्टहरु मोटो रकम बोक्नेहरुलाई मात्र नभई खाली खल्ती हुने नागरिकका जोखिम नजिक पुग्न सक्ने अपेक्षा गरिदै आएको छ ।



