
शेयर बजारमा प्रवेश गर्दा ध्यान दिनु पर्ने कुराहरु विषयमा स्मार्ट फ्राइडे इन्स्लाइट सिरिज – Episode 11 आयोजना हुँदै



काठमाडौं । SMART Growth Ventures Pvt. Ltd. द्वारा प्रस्तुत “SMART Friday Insight Series” को एघारौं शृंखला (Episode 11) आगामी शुक्रबार आयोजना हुने भएको छ। ज्ञान र अवसरबीचको सेतु निर्माण गर्ने उद्देश्यका साथ सञ्चालन हुँदै आएको यस शृंखलाको यसपटकको मुख्य विषय “सेयर बजारमा प्रवेश गर्दा ध्यान दिनु पर्ने कुराहरु” रहेको छ।
कार्यक्रम २० मार्च २०२६ (०६ चैत्र २०८२) शुक्रबार साँझ ६:०० बजेदेखि ८:०० बजेसम्म आयोजना हुनेछ। यो कार्यक्रम अनलाइन माध्यमबाट प्रत्यक्ष प्रसारण गरिनेछ, जसमा सहभागीहरूले घरमै बसेर सेयर बजारसम्बन्धी महत्वपूर्ण जानकारी र अनुभव हासिल गर्न सक्नेछन्।
यस एपिसोडमा प्रमुख वक्ताको रूपमा Mr. Dinesh Sharma Bidari उपस्थित रहनेछन्। उहाँ Online Securities Limited का निर्देशक हुनुका साथै Broker No. 49 सँग सम्बन्धित अनुभवी पूँजी बजार व्यवसायी हुनुहुन्छ। उहाँले नयाँ लगानीकर्ताहरूले सेयर बजारमा प्रवेश गर्दा ध्यान दिनुपर्ने आधारभूत विषय, सम्भावित जोखिमहरू, अवसरहरू तथा लगानी गर्दा अपनाउनुपर्ने व्यवहारिक रणनीतिबारे आफ्नो अनुभव र ज्ञान साझा गर्नुहुनेछ।
कार्यक्रमको आयोजना SMART Stock Market Analysis & Research Team ले गरेको हो भने कार्यक्रम Online Securities Limited सँगको सहकार्यमा सञ्चालन हुँदैछ। यस कार्यक्रमलाई Nepse Alpha ले सहयोग प्रदान गरेको छ।
SMART Friday Insight Series को उद्देश्य पूँजी बजारप्रति आम जनताको समझदारी बढाउनु, नयाँ लगानीकर्तालाई मार्गदर्शन गर्नु तथा बजारका विभिन्न आयामबारे विशेषज्ञहरूसँग अन्तरक्रिया गर्ने अवसर प्रदान गर्नु हो। हरेक शुक्रबार आयोजना हुने यस शृंखलाले सेयर बजारसँग सम्बन्धित ज्ञान र अनुभव आदानप्रदानको प्रभावकारी प्लेटफर्मका रूपमा आफूलाई स्थापित गर्दै आएको छ।
कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिहरूले ब्यानरमा रहेको QR कोड स्क्यान गरेर आफ्नो सहभागिता सुनिश्चित गर्न सक्नेछन्।
SMART Growth Ventures Pvt. Ltd. ले आगामी दिनहरूमा पनि पूँजी बजारसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू निरन्तर रूपमा आयोजना गर्दै जाने जनाएको छ।
कार्यक्रम विवरण:
- विषय: शेयर बजारमा प्रवेश गर्दा ध्यान दिनु पर्ने कुराहरु
- वक्ता: Mr. Dinesh Sharma Bidari, Director of Online Securities Limited, Broker No. 49
- मिति: चैत्र ०६, २०८२ (मार्च २० , २०२६)
- समय: साँझ ६:०० – ८:०० बजे
- Live:
Google Meet: https://meet.google.com/rmi-umbd-vpx
YouTube Live: https://youtube.com/live/G9p122H8y2Q?feature=share
- आयोजक: SMART Growth Ventures Pvt. Ltd.
यसअघि सम्पन्न भएका एपिसोडहरू:
- Ep.01: Use of Collateral Smartly
- Ep.02: Social Security Fund (SSF)
- Ep.03: Top Mistakes New Investors Make
- Ep.04: How to Survive & Grow in the Stock Market
- Ep.05: SIP Investing in Nepal
- Ep.06: How Nepal Stock Market Actually Works
- Ep.07: Capital Market Literacy
- Ep.08: Capital Market Policies & Current Affairs
- Ep.10 : Why Indicators Fail Without Market Structure
अघिल्ला सबै एपिसोडहरू हेर्न:
https://www.youtube.com/@smartnepse/streams
Episode–10 मा सहभागी हुन दर्ता गर्न: Google Form
https://forms.gle/LDJN16ffNrd3mWZD7 मार्फत दर्ता गर्नुहोस्।
यदि तपाईं सही जानकारीका आधारमा सुरक्षित र दीर्घकालीन लगानी गर्न चाहनुहुन्छ भने यो SMART Friday मिस नगर्नुहोस्।
थप जानकारीका लागि SMART का आधिकारिक सामाजिक सञ्जाल माध्यमहरूमा सम्पर्क गर्न सकिनेछ।
SMART Growth Ventures Pvt. Ltd.
Our Social Media Platforms: https://linktr.ee/SMARTNEPSE

