
पेट्रोलपम्प बन्द गरे १० लाख तिर्नु पर्ने र १५ दिन बिक्री-वितरण रोक्का पनि हुने

काठमाडौं । पेट्रोलियम पदार्थको निर्वाध बिक्री वितरणमा व्यवधान गर्ने व्यवसायीविरुद्ध सरकार कडा रूपमा उत्रिने भएको छ । नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको पेट्रोलियम पदार्थ बिक्रेता बिनियमावली संशोधन गरेर पम्प बन्द गर्ने व्यवसायीलाई ३ लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरेको हो ।
त्यस्तै निगमले ५ दिनदेखि १५ दिनसम्म पेट्रोल, डिजेल वितरण रोक्का गर्ने कानूनी व्यवस्था समेत गरेको छ । बुधबार मात्रै पेट्रोलियम पदार्थको मूल्य घटेपछि काठमाडौं उपत्यकाका अधिकांश निजी पेट्रोल पम्पमा इन्धन छैन भन्ने बोर्ड राखेर बन्द गरेका थिए ।

