
कालिञ्चोक दर्शनको घोषणा गर्यो लाभांश



काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
कम्पनीको हाल कायम चुक्ता पुँजी ६० करोड रुपैयाँको ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरण गर्ने निर्णय गरेको छ । यो प्रस्ताव कम्पनीको ११औं वार्षिक साधारणसभामा पेश गरिनेछ र साधारणसभाले पारित गरेपछि सम्बन्धित सेयरधनीहरूलाई वितरण गरिनेछ ।


