
सुनको मूल्यमा वृद्धि, प्रतितोला कति ?



काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा पाँच हजार २०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य समेत तोलामा ८५ रुपैयाँले बढेर प्रतितोला तीन हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

