
एनपीएल दोस्रो संस्करणमा काठमाडौँ गोर्खाज र जनकपुर बोल्ट्स घमासान प्रतिस्पर्धामा उत्रिदा, खेल जगतले फड्को मारेका भान हुँदै

काठमाडौँ । खेलाडीहरुमा नयाँ उत्साह तथा दर्शकहरुमा समेत कौतुहतार नयाँ ताजकी बोकेर फेरी खेलकुदको माहोल तात्दै गएको अवस्था छ । अजै, सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएल सिजन–२ को उद्घाटन टीयु क्रिकेट मैदानमा सोमबार भव्य उद्घाटन भएको र हेलिकप्टरबाट पुष्प वर्षा समेत गरिएको हो ।
यता, सोही कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री सुशीला कार्कीले ट्रफी अनावरण गर्दै प्रतियोगिताको औपचारिक उद्घाटन गरेको बेलामा दर्शकहरुले मैदान परिसरमा बाक्लो उपस्थिती जनाएको अवस्था छ ।
आजको उद्घाटन खेलमा काठमाडौँ गोर्खाज र साविक विजेता जनकपुर बोल्ट्स आमनेसामने परेको बेलामा टस जितेका काठमाडौँका कप्तान करण केसीले फिल्डिङ छनोट गरेपछि जनकपुरले पहिलो ब्याटिङ थालेका थिए ।
साथै, एनपिएलको दोस्रो संस्करणलाई नेपाली क्रिकेटले फड्को मारेको रुपमा चर्चा हुन सुरु गरेको छ।


