
बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु
बागलुङ । बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका बागलुङका अनुसार निसी खोला गाउँपालिका–३ की श्यामकुमारी विक र उनका तीन जना छोरा मनोज, मुकेश र निसान विकको मृत्यु भएको हो ।
केहीबेर अघि तीन जनाको शव निकालिएको प्रहरीले जनाएकाे छ ।


