
प्रभु महालक्ष्मी लाइफका रोजेश बस्नेतले लिबर्टी कलेजमा सिकाए बीमा

काठमाडौं । नेपालको सबैंभन्दा धेरै चुक्तापूजी भएको र अधिकांश सूचांकहरुमा अब्बल रहेको इन्स्योरेन्स कम्पनी हो नेपाल लाइफ इन्स्योरेन्स । त्यस्तो नेपाली बीमा क्षेत्रमा दैनिक रेकर्ड कायम गर्दै आएको नेपाल लाइफको समेत कर्मचारी रहेका रोजश बस्नेत हाल प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्समा छन् ।
उक्त कम्पनी मर्जरपछि बनेको तत्कालिन प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफको नयाँ कम्पनी हो ।
हाल भूगोलमा छिमेकमा रहेको देखिने नेपाल लाइफबाट सुटुक्क प्रभु महालक्ष्मी पुगेका बस्नेतले अहिले लिबर्टी कलेजमा बीमा साक्षरता सम्बन्धि तालिम दिएको तस्बिर समेत सामाजिक संजालमा देखिएको छ ।
नेपाली बीमा क्षेत्रमा बीमा कम्पनीहरु अब्बल हुनुका साथै एकपछि अर्को दक्ष जनशक्तीहरुको बढ्दै जाँदा त्यसको सकारात्मक प्रभाव विद्यालय तहसम्म बिस्तार हुन सुरु गरेको देखिन्छ ।


