


सुदूरपश्चिम रोयल्सको इन्स्योरेन्स पार्टनरमा ‘सलिको’ नियुक्त




काठमाडौं । नेपाल प्रिमियर लिग ‘एनपीएल’ सिजन –२ को लागि सुदूरपश्चिम रोयल्सले इन्स्योरेन्स पार्टनरको रुपमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सलाई नियुक्त गरेको छ ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र सुदूरपश्चिम रोयल्सको सीईओ प्रकाश खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतापश्चात एनपीएल सिजन–२ को लागि सुदूरपश्चिम रोयल्सलाई कम्पनीले बीमा सेवा उपलब्ध गराउन भएको छ ।
सुदूरपश्चिम रोयल्स एनपीएलको उत्कृष्ट टोली हो । सो टिमका मार्की प्लेयर तथा कप्तान दिपेन्द्र सिंह ऐरी रहेका छन् । हाल उनी नेपाल पुरुष टोलीका उपकप्तान समेत रहेका छन् ।