
सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन पनि सामान्य बढेको सुनचाँदीको मूल्य आज पनि बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५०० रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको हो । आज सुनको मूल्य तोलाको २ लाख ४७ हजार ९०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ४७ हजार ४०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेर तोलाको ३ हजार १४५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ३ हजार ११० रुपैयाँ रहेको थियो ।


