
लाभांश प्रस्ताव पारित गर्न आरएसडिसी लघुवित्तले बोलायो साधारणसभा,
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस ३ गतेका लागि १३ औं वार्षिक साधारणसभा बोलाएको हो ।
सभा वेष्टर्न एशियन होटल प्रा.लि., बुटवल, रुपन्देहीमा बिहान साढे ९ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ९.४० प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले अन्य वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले मंसिर १८ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।


